‘ब्याजदर र आम्दानीबीच तालमेल हुने गरी मात्र कर्जा कारोबार गर’

२०८० चैत्र २७ गते, मंगलवार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै ब्याजदर र आम्दानीबीच तालमेल हुने गरी मात्र कर्जाको कारोबार गर्न आग्रह गरेको छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले विभिन्न व्यक्तिलाई लक्षित गरी घर कर्जा, सवारीसाधन कर्जा जस्ता विभिन्न कर्जाहरु प्रस्ताव गरेका हुने र यस्ता कर्जाको भुक्तानी अवधि निश्चित हुने र ब्याजदर भने परिवर्तनीय वा स्थिर हुने जनाएको छ ।
राष्ट्र बैंकले स्थिर ब्याजदर तोकिएको अवधिभर परिर्वतन गर्न नपाइने र परिवर्तनीय ब्याजदर आधार दरमा भएको परिवर्तनअनुसार हरेक महिना परिवर्तन हुन सक्ने तर, प्रिमियम दरमा कुनै परिवर्तन गर्न नपाइने जनाएको छ ।
राष्ट्र बैंकले नियमित रुपमा निश्चित आम्दानी गर्ने व्यक्तिका लागि स्थिर ब्याजदरले आम्दानी र खर्चबीच तालमेल मिलाउन सहयोग पुग्ने उक्त सूचनामा उल्लेख गरेको छ । राष्ट्र बैंकले ग्राहकहरुले आफूले उपभोग गर्न लागेको कर्जामा कस्तो प्रकारको ब्याजदर लागू हुँदैछ ? प्रिमियम दर कति लागू हुँदैछ ? शुल्कहरु के–कस्ता छन् ? भन्ने विषयमा पूर्ण जानकारी लिन अति आवश्यक हुने जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु