युद्धविरामको माग गर्दै १०औँ हजार इजरायली सडकमा

२०८० चैत्र २५ गते, आईतवार

काठमाडौँ । युद्धविरामको माग गर्दै १०औँ हजार इजरायली सडकमा ओर्लिएका छन्। इजरायली नागरिक प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा युद्धविरामको पहल नगरेको भन्दै आक्रोशित बनेका हुन्। प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दै हजारौँ मानिसहरु सडकमा निस्किएको एजेन्सीहरुले जनाएका छन्। राजधानी तेल अभिव वरपर कम्तीमा ५० ठाउँमा प्रदर्शन भएको छ। प्रदर्शनकारीले प्रधानमन्त्री नेतन्याहूले युद्धविरामको पहल गरेको भए हमासबाट बन्धक बनाइएकाहरुको ज्यान जोगिन सक्ने बताइरहेको समाचार एजेन्सीहरुको भनाइ छ।
हालै मात्र हमासद्वारा बन्धक बनाइएका एक इजरायलीको इजरायली सेनाकै आक्रमणमा मृत्यु भएको थियो। प्रदर्शनकारीले प्रधानमन्त्री नेतन्याहूको राजीनामा समेत मागेका छन्। सात अक्टोबरमा हमासले इजरायलमा आक्रमण गर्दा एक हजारभन्दा बढीको मृत्यु भएको थियो भने झण्डै ३ सय जनालाई अपहरण गरी बन्धक बनाएको थियो।
जसमध्ये नेपालका बीपीन जोशीसहित झण्डै ५० जना अझै पनि हमासको कब्जामा छन्। त्यसयता इजरायलले जारी राखेको आक्रमणमा ३५ हजार गाजबासीको मृत्यु भइसकेको छ। -एजेन्सी

प्रतिक्रियाहरु