सुन प्रतितोला एक लाख ३४ हजार रुपैयाँ

२०८० चैत्र २२ गते, बिहीबार


काठमाडौँ । सुनको मूल्य तोलामा हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला एक लाख ३४ हजार रुपैयाँमा कारोबार भएको जनाएको छ । नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य हो । केही दिनयता सुनको मूल्यले दैनिक रेकर्ड बनाउँदै आएको छ । बुधबार पनि प्रतितोला एक लाख ३३ हजार रुपैयाँमा कारोबार भएर रेकर्ड बनाएको थियो ।
सुनको मूल्य बिहीबार त्योभन्दा माथि पुगेर नयाँ रेकर्ड बनाएको हो । आज तेजाबी सुन प्रतितोला एक लाख ३३ हजार ३५० रुपैयाँमा कारोबार भएको छ ।
चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ६५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ६१० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रियाहरु