अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति सीबीच टेलिफोन वार्ता

२०८० चैत्र २१ गते, बुधबार


काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच टेलिफोन वार्ता भएको छ। उक्त वार्तामा सहकार्यका क्षेत्रबारे छलफल गरेको जनाइएको छ। लागुऔषध र जलवायु परिवर्तनबारे उनीहरुको कुरा मिलेको तर ताइवान र आर्थिक मामिलामा कुरा नमिलेको जनाइएको छ।
बाइडेनले ताइवानलाई अमेरिकाले सहयोग गर्नमा जोड दिएको र सीले दक्षिण चीन सागरमा अमेरिकी हस्तक्षेप अस्वीकार्य रहेको बताए।
सीले अमेरिकाले लगाएका आर्थिक प्रतिबन्धको विषय पनि उठाएका थिए। यो चीनको अर्थतन्त्र, व्यापार, विज्ञान र प्रविधि दबाउने प्रयास भएको उनले बताए।
‘यदि अमेरिका चीनको प्रविधि विकासलाई दबाउन खोज्छ र वैध अधिकारबाट चीनलाई वञ्चित गर्न खोज्न भने हामी हेरेर बस्दैनौँ,’ सीले भनेका छन्।
असमझदारीका बाबजुद ह्वाइट हाउस र चिनियाँ सरकारी सञ्चारमाध्यम दुवैले दुई नेताको संवाद खुला र रचनात्मक भएको बताएका छन्।
एक घण्टा ४५ मिनेट लामो संवादमा बाइडेनले रुसलाई चीनको सहयोग जारी रहेको विषयमा पनि प्रश्न उठाएका थिए। – एजेन्सी

प्रतिक्रियाहरु