झण्डै १८ किलो चाँदीका गरगहनासहित एकजना पक्राउ

२०८० चैत्र २० गते, मंगलवार


काठमाडौँ । सशस्त्र प्रहरीले मोरङ जिल्लाको बेलबारी नगरपालिका–७ बाहुनीबाट ८ लाख ७४ हजार ५ सय ५२ रुपैयाँ बराबरको चाँदीको तयारी गरगहनासहित एक जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा सोही जिल्लाको कानेपोखरी गाउँपलिका–६ बस्ने ३८ वर्षीय विजय खत्रीलाई १७ केजी ९ सय ६० ग्राम चाँदीको तयारी गरगहनासहित सुरक्षा बेश बाहुनीले नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरीका सहायक प्रवक्ता प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।
प्रदेश १–०२–०४९ प ७००२ नम्बरको मोटरसाइकल सवार उनले लुकाई छिपाई लैजादै गरेको अवस्थमा उनलाई १२ केजी २ सय ११ ग्राम चाँदीको गरगहनासहित नियन्त्रणमा लिइएको थियो। पछि उनकै सूचनाको आधारमा सोही ठाउँको एक घरमा लुकाई छिपाई राखेको अवस्थामा थप ५ केजी ७ सय ४९ ग्राम चाँदीको तयारी गरगहना सुरक्षा बेस बाहुनी र सुरक्षा बेस लक्ष्मीमार्गबाट खटिएको सुरक्षा फौजले बरामद गरेको थियो।
उनी सवार उल्लेखित मोटरसाइकल समेत सशस्त्र प्रहरीले बरामद गरेको छ। बरामद चाँदीको गरगहना तथा मोटरसाइकलसहित खत्रीलाई चैत १९ गते सोमबार आवश्यक कारवाहीको लागि वरिाटनगर भन्सार कार्यालय मोरङमा बुझाइएको थापाको भनाइ छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८१ बैशाख ४ गते, मंगलवार