पेट्रालको मूल्य बढ्यो

२०८० चैत्र १९ गते, सोमबार

काठमाडौँ । नेपाल आयल निगमले पेट्रालको मूल्य प्रतिलिटर चार रुपैंयाले बढाएको छ । भारतबाट मुल्य बढेर आएकोले गएरातिदेखि लागु हुनेगरि निगमले पेट्रोलको मुल्य बढाएको हो । मूल्य बढेसँगै काठमाडौं उपत्यका, पोखरा र दिपालयमा पेट्रोल एक लिटरको १७५ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा १७४ तथा झापा, विराटनगर, जनकपुर, अमलेखगञ्ज, बुटवल, नेपालगञ्ज र वीरगञ्ज क्षेत्रमा पेट्रोल एक लिटरको १७२ रुपैयाँ ५० पैसा पर्नेछ ।
डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूख्य भने हेरफेर भएको छैन । नयाँ खरिद मुल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७६ पैसा बढेको र डिजेल र मट्टितेलमा ३९ पैसा घटेको निगमले जनाएको छ ।
यस्तै एलपी ग्यासमा प्रतिसिलिण्डर २७ रुपैयाँ ४४ पैसा मूल्य घटेर आएको छ । तर अहिले पनि एलपी ग्यासमा २९६ रुपैयाँ १५ पैसा घाटा रहेको भन्दै निगमले मूल्य हेरफेर नगर्ने निर्णय गरेको हो ।

प्रतिक्रियाहरु