युवा संगठन नेपाल बाँकेको अध्यक्षमा शिशिर सी

२०८० चैत्र १९ गते, सोमबार


काठमाडौँ । युवा संगठन नेपाल उत्तर बाँकेको पाँचौं जिल्ला सम्मेलनले शिशिर सीकाे नेतृत्वमा १९ सदस्यीय जिल्ला समिति निर्वाचित गर्दै सम्पन्न भएको छ । जसको उपाध्यक्षमा ओमप्रकाश सी, सचिव शिवराज सी, सहसचिव सुरेश चौधरी र काेषाध्यक्ष रमिला बुढासहित १९ सदस्यीय कमिटी निर्वाचित भएका छन ।
‘राष्ट्रघात, भ्रष्टाचार, मानव तस्कर विरुद्ध हाम्रो आन्दोलन !, नेपाली विशेषताकाे समाजवादकाे लागि पाँचौ जिल्ला सम्मेलन !!’ भन्ने मूल नाराका साथ आइतबार जिल्लाको काेहलपुरमा सम्पन्न जिल्ला सम्मेलनले नयाँ नेतृत्व निर्वाचित गरेको हो ।
सम्मेलनको बन्दसत्रलाई युवा संगठन नेपाल निवर्तमान उपाध्यक्ष दिनेश सीले सम्बोधन गर्दै दलाल व्यवस्थाका कारण निरास भएर युवा विदेशीन बाध्य भएको बताए । उनले युवाहरु निरास भएर विदेशीदा देश दलाल र भ्रष्टहरुको हातमा जाने भएकाले निरास भएका युवाहरूलाई आशावादीको सन्देश दिनुपर्ने बताए ।
उपाध्यक्ष दिनेशले दलाल संसदीय व्यवस्था असफल सिद्ध भएको दाबी गर्दै यो व्यवस्थाबाट नेपालका युवा, महिला, किसान, मजुदर, श्रमिक, उद्योगी व्यवसायीहरुको समस्या समाधान नहुने ठोकुवा गरे । उनले भने, ‘यो व्यवस्था चोरेर खाने, ठगेर खाने, भ्रष्टाचारी जन्माउने व्यवस्था हो । त्यसैले यसको निकास नेपाली विशेषताको समाजवाद नै हो ।’
नेकपाका केन्द्रिय सद्स्य तथा उत्तर बाँके जिल्ला इन्चार्ज रणदिप सीले असफल संसदिय दलाल व्यवस्थाका विरुद्घ संघर्ष गर्न आग्रह गर्दै नेपाली विशेषताको समाजवादमा मात्र युवाहरुका हकहित ग्यारेन्टी हुने भएकाले सचेत ढंगले सक्रिय रुपमा एकीकृत जनक्रान्तिमा भाग लिन युवाहरुलाई आह्वान गरे ।
बन्दसत्रमा उत्तर बाँके जिल्ला सेक्रेटरी कल्पना सी, युवा संगठन नेपाल पाचौं राष्ट्रिय सम्मेलन आयोजक कमिटी सद्स्य दिपक सी लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

आगामी साता वर्षाको सम्भावना

२०८१ बैशाख २१ गते, शुक्रबार

कान्ति लोकपथ बन्द

२०८१ बैशाख २१ गते, शुक्रबार