नेप्से १७.३० अंकले घट्यो

२०८० चैत्र १८ गते, आईतवार

काठमाडौँ । नेप्से १७.३० अंकले घटेर २०१८.३३ बिन्दुमा पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ०.८५ प्रतिशतले घटी हो । बजारमा परिसूचक घट्दा कारोबार रकम भने बढेको छ । दिनभरको बजारमा ३ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जबकी अघिल्लो कारोबारमा २ अर्ब ६५ करोडको मात्रै सेयर किनबेच भएको थियो ।
३१६ वटा स्क्रीप्सको कारोबार भएको बजारमा सर्वोत्तम सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन २८ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कम्पनीको सेयर मूल्य भने ९.९९ प्रतिशतले घटेर प्रतिकित्ता ९७४.५० रुपैयाँमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा प्रतिकित्ता १०८.२० रुपैयाँले कम हो ।

प्रतिक्रियाहरु