‘महिला सशक्तीकरणमा अझै काम गर्न बाँकी छ’

२०८० चैत्र १६ गते, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले महिला सशक्तीकरणको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन् । नेपाली महिला उद्यमी महासंघले हेटौंडामा आयोजना गरेको सातौँ अन्तर्राष्ट्रिय व्यापार मेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
प्रधानमन्त्री प्रचण्डले विगतको तुलनामा महिलाहरुको अवस्था सुदृढ हुँदै गए पनि सन्तोषजनक नरहेको बताउदै भने- ‘विगतसँग तुलना गर्ने हो भने नेपाली महिलाको अवस्था क्रमशः सुदृढ हुँदै गएको छ । तर यो प्रगतिमा सन्तुष्ट हुन सकिने अवस्था अझै छैन। त्यसैले महिला सशक्तीकरणका लागि अझै धेरै काम गर्न बाँकी छ । जुन काम सरकारले र राष्ट्रले मात्र गरेर सम्भव हुँदैन । यसमा सबैको हातेमालो आवश्यक छ ।’
प्रधानमन्त्री प्रचण्डले आजको समयमा सशक्तीकरण शक्तिसँग जोडिन गएको भन्दै त्यसमा महिला उद्यमीको भूमिका महत्वपूर्ण रहेको बताए । उनले आजको समयमा अर्थतन्त्रसँग नजोडिकन साँचो अर्थमा सशक्तीकरण हुन नसक्ने बताए ।

प्रतिक्रियाहरु