एसईई सुरु : ५ लाख बढी परिक्षार्थी सहभागी

२०८० चैत्र १५ गते, बिहीबार

काठमाडौँ । आज बिहान ८ बजेवाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । परीक्षामा ५ लाख ४ हजार ४ सय १४ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । देशभर दुई हजार ६४ वटा परिक्षा केन्द्र तोकिएका छ ।
काठमाडौं जिल्लामा सबैभन्दा बढी एक सय २७ परीक्षा केन्द्र छन् भने मनाङ र मुस्ताङमा सबैभन्दा कम एक–एक वटा परीक्षा केन्द्र रहेका छन् । काठमाडौंमा ३८ हजार आठ सय ३१ तथा मनाङमा ४३ विद्यार्थी एसइईमा सहभागी छन् । परीक्षा सञ्चालनका लागि ७७ हजार पाँच सय जनशक्ति परिचालन गरिएको छ । त्यसमध्ये ३० हजार नौ सय ५० सुरक्षाकर्मी हुन् । २७ चैतसम्म सञ्चालन हुने परीक्षा सकिएपछि देशभरका ६० परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरिनेछ ।
राष्ट्रिय परीक्षा बोर्डले यसपटक परीक्षाको नतिजा प्रणाली परिवर्तन गरेको छ  । बोर्डका अनुसार हरेक विषयमा कम्तीमा ३५ प्रतिशत अंक ल्याएको विद्यार्थी मात्रै उत्तीर्ण हुनेछन् । प्रयोगात्मक विषयमा विद्यार्थीले ४० प्रतिशत अंक ल्याउनैपर्ने नियम बनाईएको छ भने प्रयोगात्मक र सैद्धान्तिक दुवै विषयमा विद्यार्थी उत्तीर्ण हुनुपर्नेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

प्राथमिक शिक्षकका लागि आवेदन खुला

२०८१ बैशाख १५ गते, शनिबार

हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइदै

२०८१ बैशाख १४ गते, शुक्रबार

कक्षा १२ को परीक्षा सुरु

२०८१ बैशाख १४ गते, शुक्रबार