अनलाईनमार्फत पटके अस्थायी बाटो इजाजत पत्र भुक्तानी प्रणाली शुरु

२०८० चैत्र १४ गते, बुधबार

काठमाडौँ । वागमती प्रदेश सरकारले अनलाईनमार्फत पटके अस्थायी बाटो इजाजत पत्र भुक्तानी प्रणाली शुरु गरेको छ । मंगलबार भक्तपुरको सल्लाघारीस्थित यातायात व्यवस्था सेवा कार्यालयमा एक कार्यक्रमबीच वागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले सो भुक्तानी प्रणालीको शुभारम्भ गरेका हुन । मन्त्री लम्सालले सेवाग्राहीलाई सुविधा दिन र राजश्व संकलनमा समेत तलमाथि नहोस् भन्ने उद्देश्यका साथ सो सेवा शुरुवात गरिएको बताए ।
मन्त्री लम्सालले सो सेवा शुरुवात गरेर मन्त्रालयले एउटा महत्वपूर्ण काम गरेको उल्लेख गर्दै अरु धेरै सुधारको कामहरु गर्न बाँकी रहेको बताए । कार्यक्रममा भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले सो अनलाईन सेवाले सुशासनको क्षेत्रमा महत्वपूर्ण काम गर्ने विश्वास व्यक्त गरिन ।

प्रतिक्रियाहरु