युवा संगठन नेपाल बागलुङको अध्यक्षमा सुन्दर सी

२०८० चैत्र ४ गते, आईतवार


काठमाडौँ । युवा संगठन नेपालको नेपालको छैठौं जिल्ला सम्मेलनले पुनः सुन्दर सीको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा धौलागिरी ब्यूरो इन्चार्ज विकिरण सीले नेपालमा पुँजीवादी व्यवस्थाको कारण केही मान्छेहरु मोटाउँदै गएको र जनताहरु झन् गरिब हुँदै गएको ठोकुवा गरे। पुजीवादी व्यवस्थाको अन्त्य गर्दै नेपाली विशेषताको समाजवाद नल्याउदा राष्ट्र र जनताको हित नहुने बताए । उनले देशमा शिक्षामा सबैको पहुँच हुनुपर्ने कुरामा जोड दिदै । त्यसको लागि शिक्षा सरल र वैज्ञानिक हुनुपर्ने आवश्यकता औँल्याए ।
उनले देश आर्थिक रुपमा टाँट पल्टिरहेको भन्दै पुराना पार्टी र पुराना नेताबाट अझै पनि आस गरेर बस्ने हो भने चाल्नोमा दुध दुएको जस्तै हुने बताए । उनले दलाल पूँजिवादको आफनो व्यवसाय उद्योग नहुने हुँदा देशमा रहेका ठुला पार्टीहरुका कारण कमिसन र भ्रष्टचार मौलाइरहेको ठोकुवा गर्दै यसको समाधानको निम्ति देशमा एउटा आन्दोलन र संघर्ष आवश्यक रहेको बताए । उनले मुठ्ठीभर मानिसको हातमा पैसा गइरहेकोले नागरिक चरम आर्थिक मन्दीमा फसिरहेको भन्दै सचेत बन्न आग्रह गरे ।
उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका वैकल्पिक केन्द्रिय सदस्य आकाश सी, नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय प्रतिनिधि तथा बागलुङ जिल्ला सेक्रेटरी उत्तम सी र युवा संगठन नेपालका केन्द्रिय सचिव विश्लेषण सीले शुभकामना मन्तव्य राखेका थिए । उक्त कार्यक्रम युवा संगठन नेपाल बागलुङ जिल्ला कमिटी अध्यक्ष सुन्दर सीको अध्यक्षता, सुधन सीको स्वागत र उपेन्द्र सीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु