कम्युनिष्ट बामपन्थीहरुको गठबन्धन हुनु सकरात्मक र प्रगतिशील

२०८० फाल्गुन २४ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव बिप्लव सी ले कम्युनिष्ट बामपन्थीहरुको गठबन्धन हुनु सापेक्षिक रुपमा सकरात्मक र प्रगतिशील भएको वताए । कालिकोट र जुम्लामा स्याउका बिरुवा रोप्न जाने क्रममा बुधबार साँझ सुर्खेत पुगेका महासचिव बिप्लव सीलाई नेकपा सुर्खेतले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन ।
महासचिव बिप्लव सी ले नेपालमा अहिलेको परिर्वतन जनयुद्धले ल्याएको दाबी गर्दै जनयुद्धका विरुद्ध कांग्रेसले निश्कर्ष निकाल्नु त्यति सान्दार्भिक नभएको बताए । उनले कांग्रेसको यस्तो निश्कर्षले पनि गठबन्धनमा परिर्वतन आएको हुन सक्ने संकेत गर्दै भने – ‘यो गठबन्धन सकरात्मक र प्रगतिशील छ, तर कतिबेला के हुने हो भन्न सकिदैन । यो व्यवस्थाबाट निकास सम्भव छैन,राजनीतिक अस्थिरता भईरहन्छ, यो व्यवस्था सजिलै चल्नेवाला छैन यो कुरा निश्चित छ,त्यसैले नेपालमा समाजवाद चाहिन्छ ।’
महासचिव विप्लव सी ले समाजवादी कम्युनिष्टहरु एक भएर समाजवादमा जानुको विकल्प नभएको बताउदै नेपालको अहिलेको संकटको निकास नेपाली विशेषताको समाजवाद मात्र भएको र समाजवादी मोर्चा मार्फत अगाडि जानुपर्ने ठोकुवा गरे ।उनले भने – ‘दलाल फटाहाहरुको हातमा देश जान दिनु हदैन ,आउदो पुस्ताको लागि छोरा छोरी नागरिकको लागि समाजवाद तिर लिएर जान्छौ ,निरास हुनु पदैन, ऋणमा च्यापीएको वर्गले हाम्रो पार्टी प्रति आसा गरेका छन । हामी नयाँ ठाउँमा देशलाई लिन चाहान्छौ ।’

महासचिव बिप्लव सी ले आफ्नो पाटीको आत्मनिर्भर उत्पादन अर्थनीति अनुसार कालिकोट र जुम्लामा फलफुल खेतिको लागि स्याउ रोप्न आएको बताउदै आफू काठमाडौं फर्किए लगत्तै ठुलो हलचल हुने गरी ध्रुबीकरण हुने जानकारी दिए । उनले कम्युनिष्टहरुको एकता र ध्रुबीकरणविना देशले निकास नपाउने भन्दै कम्युनिष्टहरु समाजवादको पक्षमा निर्धक्क भएर उभिनु पर्ने बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु