नेकपाका महासचिव बिप्लव सी स्याउको बिरुवा रोप्न जुम्ला प्रस्थान

२०८० फाल्गुन २३ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव बिप्लव सी स्याउको बिरुवा रोप्न जुम्ला प्रस्थान गरेका छन्। नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय शिबगढ़ीवाट महासचिव बिप्लव सीसहितको टोली बुधबार जुम्ला प्रस्थान गरेको हो । नेपाल कम्युनिष्ट पार्टीका अनुसार यही फागुन २५ र २६ गते जुम्लाको हिमा गाउपालिका वडा न ७ मा १ हजार स्याउका बिरुवा रोप्ने कार्यक्रम छ भने फागुन २७ गते कालिकोटको तिलागुफा नगरपालिकास्थित फाई महादेवमा पाँच सय स्याउका बिरुवा रोपिनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु