प्रिमनसुन सुरु

२०८० फाल्गुन २० गते, आईतवार


काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हिउँद सकिएर प्रिमनसुन सुरु भएको जनाएको छ। विभागका अनुसार प्रिमनसुन सक्रिय हुन भने केही दिन लाग्ने छ। प्रिमनसुन अवधि सुरु भएपछिको आजको यो पहिलो मौसम बदली हो। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले मुख्यगरी पश्चिमी वायु र अरेवियन सागरको जलवाष्पयुक्त हावाका कारणले अहिले मौसममा बदली आएको जानकारी दिए। उनका अनुसार अहिले लुम्बिनी, बागमती, गण्डकी, कणाली प्रदेशमा बढी बदली रहेको छ। सुदूरपश्चिम, कोशी र मधेशमा कम बदली रहेको भन्दै यो सर्दै गएकाले ती क्षेत्रमा पनि बदली हुने लामिछानेले बताए। यो क्रम आज रातिसम्म बढ्दै जाने र भोलिदेखि क्रमशः मौसममा सुधार हुने लामिछानेले जानकारी दिए। आज राति पश्चिमी भू-भागमा बढी बदली हुने उनको भनाइ छ।
काठमाडौँमा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ। गत मंसिर १६ गतेदेखि फागुन १७ गतेसम्मको अवधि यस वर्षको हिउँदको समय थियो। हिउँदले बिदा लिए पनि अझै पश्चिमी वायुको प्रभाव बाँकी नै रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार

गुगलको पाइथान टिम बर्खास्त

२०८१ बैशाख १८ गते, मंगलवार