युवा संगठन नेपाल रुपन्देहीको जिल्ला सम्मेलन सम्पन्न

२०८० फाल्गुन २० गते, आईतवार


काठमाडौँ । युवा संगठन नेपाल, रुपन्देहीको ७ औं जिल्ला सम्मेलनले प्रदेशी सीको अध्यक्षतामा ३५ सदस्यीय उत्तरी जिल्ला समिति र रामबचन सीको संयोजकत्वमा ११ सदस्यीय दक्षिण जिल्ला समिति गठन गरेको छ । उक्त सम्मेलनको उद्घाटन गर्दै स्थायी कमिटी सदस्य शिलुले देशको राष्ट्रिय स्वाधीनता संकटमा पर्दै गएको बताउँदै युवा संगठनले स्वाधीनताको रक्षा गर्नु मुख्य दायित्व रहेको बताइन् । मुख्यत: दुईखाले प्रवृति अमेरिकी साम्राज्यवादको हस्तक्षेप र दलाल पुजीवादका विरुद्ध संघर्ष गर्दै नेपाली विशेषताको समाजवादका लागि अबको आन्दोलन उठाउनुपर्ने बताउँदै उनले वामपन्थी शक्ति, देशभक्त शक्ति र लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरुको सहकार्यमा समाजवाद नल्याएसम्म नेपालको समस्या हल हुन नसक्ने उल्लेख गरिन् ।
देशका उद्योगधन्दा निजिकरण गर्ने र टाट पल्टाउने अनि युवाहरुलाई विदेश पलायन गर्ने राज्यसत्ताको प्रवृत्तिका कारण मुलुकको अर्थतन्त्र टाट पल्टिने खतरा भएको भन्दै देशमा कलकारखाना खोल्ने कृषि र उत्पादनलाई जोड दिंदै स्वदेशमै रोजगारी सृजना गर्नुको विकल्प नरहेको नेता शिलुले जिकिर गरिन् ।
युवा संगठन जिल्ला संयोजक परदेशी सीको अध्यक्षता र पदम सीको सन्चालनमा सम्पन्न कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्जद्वय शरद सी र विश्वास सी, युवा संगठन नेपालका केन्द्रीय सदस्य विश्लेषण सी, नेकपा रुपन्देही सेक्रेटरी विरेन्द्र सी, दक्षिण जिल्ला सेक्रेटरी नवीन सी एवम संगठनका केन्द्रिय सदस्य ब्युरो सदस्य लगायत विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिहरुले सम्मेलन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रियाहरु