समाजवादी मोर्चा नेपालद्वारा मिटरब्याज र लघुवित्त पीडितको समस्या समाधान गर्न आग्रह

२०८० फाल्गुन १३ गते, आईतवार


काठमाडौँ । समाजवादी मोर्चा नेपालले सरकारलाई यथाशीघ्र मिटरब्याज र लघुवित्त पीडित श्रमिक जनतासँग सार्थक संवाद गरेर समस्या समाधान गर्न जोडदार आग्रह गरेको छ। मोर्चाका संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले शनिबार एक बिज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन्।
मोर्चाका संयोजक विप्लव सीद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – ‘नेपाली श्रमिक जनता विशेषतः गरिब किसान र किसानहरु मिटरब्याज र लघुवित्तबाट चरमरुपले पीडित भएको अवगत नै छ । पीडित जनताले शोषण, उत्पीडनका विरुद्ध लगातार संघर्ष गरिरहेका छन् भने समस्या समाधानका लागि सरकारसँग विभिन्न चरणमा वार्ता र सहमति पनि हुने गरेका छन । तथापि पीडित जनताका समस्या समाधान हुन सकेका छैनन । हालै देशभरीबाट मिटरब्याज तथा लघुवित्त पीडित जनता पैदलै लामो हिडाइ पछि काठमाण्डौं पुगेर न्यायका लागि संघर्ष गरिरहेका छन् । हाम्रो समाजवादी मोर्चा नेपाल पीडित जनताको न्यायपूर्ण संघर्षलाई सहयोग र समर्थन गर्दछ । साथै सरकारलाई यथाशीघ्र मिटरब्याज र लघुवित्त पीडित श्रमिक जनतासँग सार्थक संवाद गरेर समस्या समाधान गर्न ठोस पहल गरोस भन्ने जोडदार आग्रह गर्दछ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु