अस्ट्रेलिया यू-१९ विश्वकपको फाइनलमा

२०८० माघ २६ गते, शुक्रबार


काठमाडौँ । गएराती सम्पन्न दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई एक विकेटले पराजित गर्दै अस्ट्रेलिया जारी यू-१९ क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ । पाकिस्तानले दिएको १८० रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४९.१ ओभरमा ९ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
यस अघि पाकिस्तानले ४८.५ ओभरमा अलआउट हुदै १७९ रन बनाएको थियो ।
अब अस्ट्रेलियाले फाइनलमा उपाधिका लागि आइतबार भारतको सामना गर्ने छ । भारतले यसअघि दक्षिण अफ्रिकालाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

क्यानडामाथि नेपाल ‘ए’ को जित

२०८० फाल्गुन ८ गते, मंगलवार

कतार एसियन कपको फाइनलमा

२०८० माघ २५ गते, बिहीबार