यू–१९ विश्वकप क्रिकेट: नेपाल र भारत भिड्दै

२०८० माघ १९ गते, शुक्रबार

काठमाडौँ । आइसीसी अण्डर नाइन्टिन विश्वकप क्रिकेटमा आज नेपाल र भारत भिड्दैछन् । खेल दक्षिण अफ्रिकाको ब्लुमफोन्टेन शहरमा दिउँसो पौने दुई बजे सुरु हुनेछ । सुपर सिक्समा भारत लगातार दोस्रो जितको खोजीमा छ भने नेपाल पहिलो जितको खोजीमा रहेको छ । यसअघि पहिलो खेलमा नेपाललाई बंगलादेशले ५ विकेटले हराएको थियो ।
प्रतियोगिताको सेमिफाइनलमा पुग्ने होडबाट बाहिरिइसकेको नेपाल आज प्रतिष्ठाको लागि खेल्दैछ । विश्वकपमा भारतलाई हराउन नेपाल प्रतियागिताको सुखद बिदाइ गर्न चाहन्छ । समुह चरणका खेलको अंकसमेत गणना हुने ढाँचामा खेलाइएको सुपर सिक्समा ३ खेलबाट भारत र पाकिस्तानको ६–६ अंक छ । बंगलादेशको ४ अंक छ भने न्युजिल्याण्डको २ अंक छ । नेपाल र आयरल्याण्डले अंक जोड्न सकेका छैनन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

क्यानडामाथि नेपाल ‘ए’ को जित

२०८० फाल्गुन ८ गते, मंगलवार

कतार एसियन कपको फाइनलमा

२०८० माघ २५ गते, बिहीबार