विश्वकप क्रिकेट: बंगलादेशद्वारा श्रीलंका पराजित

२०८० कार्तिक २१ गते, मंगलवार

काठमाडौँ । भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले श्रीलंकालाई ३ विकेटले हराएको छ । दिल्लीमा टस हारेर पहिले व्याटिङ गरेको श्रीलंकाले अन्तिम ओभरमा अलआउट हुनुपूर्व २ सय ७९ रन बनायो । उसका लागि चरिथ असलंकाले १ सय ८ रन जोड्दा बंगलादेशका हसन सकिबले तीन विकेट लिए । जवाफमा २ सय ८० रनको लक्ष्य बंगलादेशले ४१ ओभर १ बलमा ७ विकेट गुमाएर पुरा ग¥यो । बंगलादेशका लागि नजमुल हुसेन सान्तोले ९० रन जोड्दा कप्तान शकिब अल हसनले ८२ रनको योगदान दिए । जारी विश्वकपमा श्रीलंका र बंगलादेशले आठ खेलबाट समान ४–४ अंक मात्रै जोडेका छन् । विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र अफ्गानिस्तान भिड्नेछन् ।
मुम्बईको वाङ्खडे रंगशालामा दिउसो सवा २ बजे सुरु हुने यो खेल जित्दै अष्ट्रेलिया सेमिफाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ । अफ्गानिस्तान पनि आजको खेल जित्दै सेमिफाइनल पुग्ने संभावना जिवित राख्न चाहन्छ ।

प्रतिक्रियाहरु