नेपाल टी–ट्वेन्टी विश्वकपका लागि छनौट

२०८० कार्तिक १७ गते, शुक्रबार


काठमाडौँ । नेपाल टी ट्वेन्टी क्रिकेट विश्वकपका लागि छनौट भएको छ। काठमाडौंको मूलपानी मैदानमा शुक्रबार भएको सेमिफाइनल खेलमा युएइलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपका लागि छनौट भएको हो । टस जितेर पहिले ब्याटिङ रोजेको युएइले २० ओभरमा सात विकेट गुमाउँदै नेपाललाई १३५ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पुरा ग¥यो ।नेपाल अब सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इण्डिजमा हुने टी ट्वेन्टी विश्वकपमा खेल्न पाउने छ । नेपाल दश वर्षपछि टी–ट्वेन्टी विश्वकपकालागि छनौट भएको हो । सन् २०१४ मा पनि नेपालले टी–ट्वेन्टी विश्वकप खेलेको थियो । खेलमा युएइले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाए । यस्तै कप्तान रोहित पौडेलले ३५, गुल्सन झाले २२ र कुशल भुतैेलले ११ रन बनाए । युएईलाई मध्यम स्कोरमा रोक्न नेपालका कुशल मल्लले ३ विकेट लिएका थिए । उनले तीन ओभरमा ११ रन मात्रै दिएका थिए ।
त्यसैगरी सन्दीप लामिछानेले पनि २ विकेट लिए । चार ओभर बलिङ गरेकाटी–ट्वेन्टी विश्वकपको एशिया क्षेत्र छनौट प्रतियोगिताको समूह विजेताका लागि आगमी आइतबार नेपाल र ओमन खेल्नेछन् । सन्दीपले एक ओभर मेडन राख्दै १४ रन मात्रै दिए । यस्तै सोमपाल कामी र रोहित पौडेलले १÷१ विकेट लिए । अर्को सेमिफाइनलमा बहराइनलाई दश विकेटले पराजित गर्दै ओमन पनि विश्वकपका लागि छनौट भएको छ । काठमाडौंको कीर्तिपुर मैदानमा भएको खेलमा बहराइनले दिएको १०७ रन लक्ष्य ओमनले विकेटको क्षति विना १४ दशमलव १ ओभरमा पुरा गरेको हो ।
टी–ट्वेन्टी विश्वकपको एशिया क्षेत्र छनौट प्रतियोगिताको समूह विजेताका लागि आगमी आइतबार नेपाल र ओमन खेल्नेछन् ।

प्रतिक्रियाहरु