महिलाहरुलाई राष्ट्रिय निकुञ्जमा जान प्रतिबन्ध !

२०८० भाद्र ११ गते, सोमबार


काठमाडौँ । अफगानिस्तानमा तालीवान सरकारले महिलामाथि अर्को प्रतिबन्ध लगाएको छ । अफगनिस्तानको प्रख्यात ब्याण्ड ए अमिर राष्ट्रिय निकुञ्जमा जानबाट महिलालाई रोक लगाइएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका आनुसार पार्क घुम्न गएका महिलाहरुले हिजाब नलगाएको पाइएको भन्दै पार्कमा जानबाट रोकिएको हो । सो पार्कमा महिलाहरुले आफना बालबालिका लिएर घुम्न जाने गरेका थिए ।
यसैबीच अफगनिस्तानका पुर्व महिला सांसद मरियम सोलेमानखिलले तालीवान सरकारको यो निर्णयको बिरोध गर्दै महिलाहरुको हक अधिकारका लागि लडिरहने बताए । अफगनिस्तानको ब्याण्ड ए अमिर राष्ट्रिय निकुञ्जलाई युनेस्कोले बिशेष भू बैज्ञानिक संरचनाको प्राकृतिक पार्क भनी वर्णन गरेको छ । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु