वैज्ञानिकले ४६ हजार वर्ष पुरानो किरालाई जीवित पारे !

२०८० श्रावण १७ गते, बुधबार


काठमाडौं । अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको एउटा समूहले साइबेरियाको पर्माफ्रोस्ट (सधैँ बरफले जमेको जमिन)मा करिब ४६,००० वर्षदेखि निष्क्रिय अवस्थामा रहेका कीरालाई पुनर्जीवित गरेको बताएका छन् । वैज्ञानिकका अनुसार यी साना कीराहरू पृथ्वीमा जीवित हुँदा संसार धेरै फरक थियो । त्यति बेला ठुला दाँत भएका बाघहरू हुन्थे र उत्तर अमेरिका, युरोप र एसियाका अधिकांश भाग बरफले ढाकेका थिए । जर्मनीको ड्रेसडेनमा वैज्ञानिकहरूको टोलीले क्रिप्टोबायोसिस भनिने अवस्थामा फसेका लामो समयदेखि लोप भइरहेका कीराहरूलाई पुनर्जीवित गरेको बताएका छन् । यस्तो स्थितिमा किराहरूले खराब परिस्थितिमा आफ्नो मेटाबोलिजमलाई बन्द गर्न सक्छन् । यिनीहरूलाई पानी र खाना दिएपछि यी कीराहरू करिब एक महिना बाँचे र यिनीहरूले १०० नयाँ किरा जन्माए ।
अन्वेषकहरूले ती कीरा गाडिएको माटोको अध्ययन गरेर यिनीहरूको उमेर पत्ता लगाएका हुन् । यो करिब ४६ हजार वर्ष पुरानो माटो हो ।
म्याक्स प्लेङ्क इन्स्टिच्युट अफ मोलिक्युलर र सेल बायोलोजी एन्ड जेनेटिक्समा प्राध्यापक एमेरिटस टेयमुरास कुर्जचालियाले यो किरा साइबेरियाली पर्माफ्रोस्टमा सतहभन्दा ४० मिटर मुनी निष्क्रिय अवस्थामा रहेको बताए । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु