कन्चन गुटमा गएका त्रिताल नेकपा फर्किए

२०७९ असार ९ गते, बिहीबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी फुटाएर बनेको नेकपा बहुमतमा गएको चर्चित एक युवा नेता नेकपामै फर्किएका छन् । कन्चन, सुदर्शन गुटले लिएको नीति, निर्णयले नेपालमा क्रान्ति अघि बढन नसक्ने भन्दै उदयपुर जिल्ला कमिटी सदस्य त्रिताल नेपाली नेकपामा नै फर्किएका हुन् । एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालीले नेपाल कम्युनिष्ट पार्टी, एकिकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने सुन्दर र गर्भिलो अभियानमा लामबद्ध भएको बताएका छन । ‘विभिन्न खाले साम्राज्यवाद, दलाल पुँजिवादी सामाजिक फासीवादी षडयन्त्र र प्रतिवन्धको कालो राजनीतिक अवस्थालाई पार गरेर १३ जना वीर शहिदहरुको रगत हजारौ गिरप्तार, जेल, नेललाई परास्त गरी ३ वुदे सहमती गरेर हाम्रो जनपृय पार्टी यहाँ सम्म आईपुगेको कुरा सर्वविदितै छ।’ उनले विज्ञप्तिमा भनेका छन् ।
`पछिल्लो समय कन्चन र सुदर्शन गुटले पार्टी र नेतृत्व विरुद्ध विभिन्न गैर राजनितिक भ्रम, आरोप र गुटवाद गर्दै, पार्टीको विरुद्ध लगाउँदै क्रान्तिवाट पलायन भै कथित नेकपा वहुमत पुनर गठन गरेको सन्दर्भमा मलाई विभिन्न खाले प्रलोभन साथै झुक्याएर बोलाई उदयपुरको जिल्लाको सदरमुकाम गाईघाटको डिर्मल्याण्ड होटल को जिल्लाको बैठकमा पुयाइयो ।’ उनले भनेका छन्, ‘त्यहा मैले कन्चन, सुदर्शन गुटले लिएको नीति, निर्णयले नेपालमा क्रान्ति अघि बढन नसक्ने र केवल कुण्ठा, इश्या र भ्रमको खेति मात्र रहेको पाएकोले म कन्चन र सदर्शन गुटले लिएको बाटोमा सरिक नरहेको स्पष्ट जानकारी गराउदछु ।’
साथै उनले आफू नेपाल कम्युनिष्ट पार्टी, एकिकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने माहान यात्रामा सदैव प्रतिवद्ध रहि रहेको बताएका छन् । उनले उदयपुर जिल्लामा हुनु हुने अन्य इमानदार क्रान्तिकारी कमरेडहरुलाई कथित बहुमत नामको कन्चन र सुदर्शन गुटमा नलाग्न समेत यसै प्रेस विज्ञाप्तीमार्फत अनुरोध गरेका छन। – अनिता गजमेर

प्रतिक्रियाहरु