राँके बजारमा आगलागी, २ करोड बराबरको क्षति

२०७५ भाद्र १८ गते, सोमबार

काठमाडौं , १८ भदौ । इलामको राँके बजारमा गएराति भएको आगलागीमा २ करोड रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीमा देउमाई नगरपालिका–१ का ठालुमान श्रेष्ठको ३ तल्ले घर पूर्ण रूपमा नष्ट हुँदा करिब १ करोड ९८ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
राति ९ बजेतिर लागेको आगोले श्रेष्ठको घर, घरमा राखिएका सामानसहित १ करोड ५३ लाख रुपैयाँबराबरको क्षति भएको हो । त्यही घरमा किराना पसल राखेका जितबहादुर विष्टको ४० लाख र जुत्ता–चप्पल पसल राखेका शिवबहादुर विष्टको ७ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाई छ ।
विद्युत सर्ट भइ लागेको आगो नेपाली सेना, सशस्त्र, जनपद प्रहरीसहित स्थानीयको प्रयासमा २ घण्टापछि नियन्त्रणमा आएको थियो ।
३३ किलोमिटरमा रहेको फिदिम नगरपालिकाको दमकल पनि घटनास्थल आइपुगेको थियो । करिब ३५ किलोमिटर टाढा इलाम सदरमुकामबाट गएको दमकल भने बाटैमा बिग्रिएको थियो ।
स्थानीय होटल व्यवसायी प्रकाश बस्नेतले ग्याँस सिलिन्डर पड्किएर आगोले बढी क्षति गरेको बताए । सिलिन्डर पड्केर आएको मुस्लोले एक स्थानीय केहीबेर बेहोससमेत भएको उनले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु