भारतीय सेनाका कर्णेल गोलीसहित पक्राउ

२०७५ भाद्र ४ गते, सोमबार

काठमाडौं, ४ भदौ । भारतीय सेनाका कर्नेल बलबहादुर पुन २२ एमएमको २० राउण्ड गोलीसहित पक्राउ परेका छन । उनको स्थायी घर चितवन हो । हाल काठमाडौं बस्दै आएका पुनलाई विमानस्थल प्रहरीको टोलीले आइतबार दिउँसो उनलाई पक्राउ गरेको हो । बुद्ध एयरको विमानबाट पोखरा जान लागेको अवस्थामा डोमेस्टिक टर्मिनलको सुरक्षा जाँचको क्रममा उनी पक्राउ परेको प्रहरीले जनाएको छ । हाल उनलाई महानगरीय प्रहरी वृत्त, गौशालामा राखिएको छ । थप अनुसन्धान जारी रहेको बताइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल अाउनु दुई हप्ता पहिलेनै भारतीय सेनाका कर्णेल हतियारसहित पक्राउ परेका हुन् ।

प्रतिक्रियाहरु