आज साउनको अन्तिम सोमबार , शिवालयहरुमा दर्शनार्थीको भीड

२०७५ श्रावण २८ गते, सोमबार

काठमाडौँ, २८ साउन । आज साउन महिनाको अन्तिम सोमबार । काठमाडौंको पशुपतिनाथसहित देशभरका शिवालयहरुमा दर्शनार्थीको भिड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाले आज विधिपूर्वक ब्रत समाप्त गर्दैछन् । साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरु ब्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् ।
बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो छ ।
काठमाडौंको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्ने बोलबम श्रद्धालुहरुको बिहानैदेखि घुइँचो छ । काठमाडौंको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबार पूजा गर्ने र बोलबम मेला भर्नेहरुको घुईंचो लागेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु