गुँला पर्व सुरु

२०७५ श्रावण २७ गते, आईतवार

काठमाडौं , २७ साउन । नेपाल संवत् तिथि अनुसार आजबाट बौद्धमार्गी नेवारहरुको गुँला पर्व सुरु भएको छ । आजबाट एक महिनासम्म बुद्धको उपासना गरी विभिन्न चैत्य तथा बौद्ध बिहार परिक्रमा गरी नामसंगीति पाठ गरिन्छ । विशेषगरी काठमाडौंका नेवार समुदायले प्रत्येक दिन मौलिक बाजा बजाएर स्वयम्भू महाचैत्य परिक्रमा गर्छन् । सांगीतिक माहौल बनाएर प्रत्येक दिन बिहान चैत्य तथा गुम्बा, परिक्रमा गर्दा पापबाट मुक्तिपाउने विश्वास अनुसार एकमहिनाभर पर्व मनाएको बताइन्छ ।
यस अवधिमा धा बाजा, म्वायेली, नेकू बाजा लगायतको विशेष महत्व छ । गुँला पर्व अवधिको एक महिना मासु, अण्डा, प्याज लगायतका खाद्य बस्तुबाट टाढा बसी दैनिक नुहाएर शुद्ध हुनुपर्ने चलन छ । यस अवधिमा काठमाडौंको असनमा बहिद्यः प्रदर्शन गरिने, थँहितीमा अवस्थित स्वर्णाक्षर अवलोकन, ललितपुरमा मत्याःजात्रा, फरक नेवार बस्तीमा पञ्चदान पर्वलगायत दैनिक बज्रयानी बुद्धधर्म अनुसारको पूजाविधि गरिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु