बिमस्टेक सदस्य राष्ट्रहरुको सचिवस्तरीय बैठक सुरु

२०७५ श्रावण २६ गते, शनिबार

काठमाडौं , २६ साउन । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास बिमस्टेक सदस्य राष्ट्रका सचिवस्तरीय बैठक काठमाडौंमा सुरु भएको छ । आगामी भदौ १४ र १५ गते काठमाडौंमा हुने बिमष्टेकको चौथो शिखर सम्मेलनको एजेण्डाबारे छलफल गर्न सचिवस्तरिय बैठक बसेको हो । बैठकमा भुटानका सोनम सोङ, बंगलादेश शहिदुल हेग, म्यानमार यु क तिन, थाईल्याण्ड बुसाया मेथेलिन र श्रीलंकाका प्रसाद कारियावासम, भारतीय सचिव विजय केशव गोख बैठकमा सहभागी छन् ।
सविचस्तरिय बैठकले सदस्य राष्ट्रका कार्यकारी प्रमुख सहभागी हुने शिखर सम्मेलनमा प्रस्तुत हुने बिषयमाथि छलफल गर्ने र एजेण्डा बनाउने छ । यस पटक विमस्टेक सम्मेलन सडक सञ्जाल, व्यापार, पर्यटन, लगानी, ऊर्जा, प्रविधि आदानप्रदान, प्राकृतिक प्रकोपलगायतलाई प्राथमिकताका साथ उठाइने जनाइएको छ । यस्तै अन्तरदेशीय अपराधको जोखिम, आतंकवाद र विध्वंसको खतरा, चरमपन्थी अतिवाद, हातहतियार र लागूऔषध ओसारपसार नियन्त्रणलगायत विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु