रेडपाण्डा संरक्षणका लागि ६८ लाख खर्च

२०७४ फाल्गुन ११ गते, शुक्रबार

काठमाडौँ, ११ फागुन । दुर्लभ एवं लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षणका लागि ताप्लेजुङमा सन् २०१८ मा ६८ लाख रुपैयाँभन्दा बढी खर्च गरिने भएको छ । जिल्लामा रेडपाण्डा संरक्षणका लागि रेडपाण्डा नेटवर्कसँगको सहकार्यमा काम गरिरहेको हिमाली संरक्षण मञ्चले ६८ लाख ४६ हजार ३ सय रुपैँया बजेट छुट्याएको हो । नेपालको २३ जिल्लामा पाइने रेडपाण्डाको संरक्षण गर्न संस्थाले सन् २०१६ देखि काम गरिरहेको छ । सो रकम अनुसन्धान तथा अनुगमन, शिक्षा तथा जनचेतना, बासस्थानको व्यवस्थापन र दिगो जीविकोपार्जनका विषयमा खर्च गरिने हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिए । मञ्चले गत वर्ष पनि ४३ लाख ८४ हजार ५० रुपैँया खर्च गरेको थियो ।
यसअन्तर्गत ताप्लेजुङमा रेडपाण्डाको बासस्थान १ हजार ५९ वर्ग किलोमिटरमा रहेको पहिचान भएको थियो । त्यस्तै वातावरण संरक्षण, शिक्षा, बासस्थान पुनर्स्थापना गर्न पोखरी निर्माण, नर्सरी निर्माण, वन डढेलो व्यवस्थापन तालिम तथा उपकरण वितरण, कुकुर बन्ध्याकरण तथा रेबिज रोगविरुद्ध खोपलगायतका कार्यक्रम पनि तय गरिएको बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु