चार महिनामा पाँच अर्बको मोटरसाइकल भित्रियो

२०७४ मंसिर १९ गते, मंगलवार

काठमाडौ, १९ मंसिर । मुलुकको मुख्य नाका वीरगन्जबाट आर्थिक वर्षको पहिलो चौमासिकमा ५ अर्ब रुपैयाँभन्दा बढीका मोटरसाइकल भित्रिएका छन् ।
चारपांग्रे सवारीको आयात पनि यो अवधिमा बढेको भन्सार कार्यालयले जनाएको छ । बस, मिनी बस र पिकअप गाडीको आयात भने घटेको छ । जिप, कार, भ्यान र मोटरसाइकलजस्ता सवारी साधन राजस्वमा योगदानको हिसाबले महत्वपूर्ण मानिन्छन् । चालु आवको चौमासिकमा ५ अर्ब ४९ करोड रुपैयाँ राजस्व बुझाएर ५ अर्ब ३२ करोड रुपैयाँ बराबरको ६५ हजार ४ सय ११ वटा मोटरसाइकल आयात भएका छन् । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा २५ प्रतिशतभन्दा बढी हो । – कान्तिपुर दैनिकबाट

प्रतिक्रियाहरु