सुन तोलाको ५४ हजार ५ सय

२०७४ श्रावण १२ गते, बिहीबार

काठमाडौं, १२ साउन । आज सुनको भाउ बढेर तोलामा ५४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तीन सय घटेर तोलाको ५४ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बिहीबार चार सय रुपैयाँ बढेको हो । चाँदीको भाउ पनि १० रुपैयाँ बढेर तोलाको ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । डलर कमजोर भएकाले सुनको भाउ बढेको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए ।
श्रेष्ठका अनुसार डलर कमजोर हुँदा सुनमा लगानी बढ्ने भएकाले सुन महँगो भएको हो ।

प्रतिक्रियाहरु