गृहमन्त्रि ज्यू , आफ्नै टाउकोको मुल्य तोक्नेहरुको लागि ईमानदार नबन्नुहोस

२०७४ असार १० गते, शनिबार

आदरणीय तत्कालीन डिपुटी कमान्डर तथा बर्तमन गृहमन्त्रि ज्यू ,
लाल सलाम ।। ।
आदरणीय मन्त्री ज्यू हामी पुर्ब जनमुक्ति सेनाहरु अज पनि तपाईंलाई सम्मान र बिश्वास गर्छौ । व्यक्तिगत हिसाबले म लगायत म जस्तै हजारौं पुर्ब जनमुक्ति सेनाहरु तपाईंलाई आदर र सम्मान गर्दैछौ । तपाईंबाट हामीले कुनै पनि आसा र अपेक्षा गरेका छैनौं । तपाईंको र हाम्रो राजनीति बाटो फरक छ । फरक यति मात्रै हो, हामी तपाईंले हिजो देखाएको बाटोमा निरन्तर लागिएको छौ । तर तपाईंले आफ्नो बाटो बदल्नु भएको छ । हिजो जुन व्यवस्थाको विरुद्ध धावा बोल्न लगाउनु भयो हामीलाई आज तपाई त्यहि व्यवस्थाको संरक्षण गर्ने नेता बन्नु भयो र पनि हामीलाई आपत्ति छैन । आदरणीय काम्रेड , हामीलाई आपत्ति यहाँनेर छ तपाईंसंग हिजो आफ्नै नेतृत्वमा युद्ध लड्ने सिपाहीलाई जेल हाल्ने आदेस किन दिनुहुन्छ ? हामीलाई जेल हालेर के पाउनुहुन्छ ? सर्बहारा वर्गको आवाजलाई बन्दुकको बलमा दवाएर के पाउनुहुन्छ? आज जनताको आवाजलाई शक्तिको बलमा दवाउने भए हिजो लडाइँको नेतृत्व किन गर्नु भयो ? के आज सत्तामा गएर जनताको अधिकार दवाउनको लागि गरेको हो दस बर्षे जनयुद्ध ? हिजो तपाईं हामीले जुन व्यवस्थालाई बदल्नको लागि जनयुद्ध गरेयौं गरायौं आज त्यहीँ व्यवस्थालाई संरक्षण गर्नको लागि तपाईंहरु हामीलाई जेल हाल्दै हुनुहुन्छ ।
यसको नतिजा पक्कै पनि राम्रो हुने छैन । कम्रेड न्यायको लागि लड्ने सिपाहीको लागि जेल त के बन्दुकको गोलि पनि सामान्य हुन्छ । हामीले भोगेर आएका हौं , हामी यो राज्यसंग झुक्न चाहादैनौं । कतिलाई हाल्नुहुन्छ जेल ? जनताको आवाजलाई बन्दुकले दबाएर समस्यको हल हुँदैन । नेकपाको नेता- कार्यकर्तालाई जेल हालेर कसैले पनि आफ्नो स्वार्थ पूरा गर्ने सपनाहरू नदेख्दा हुन्छ ।अरुलाई ढुङ्गा हान्न सिकाएर आफू सिसाको घरमा सुरक्षित महसुस नगर्नुस् । बिगतको अनुभव यथावत छ हामीसंग, मन्त्री ज्यू हामी व्याक्तिगत हिसाबले तपाईंलाई सहयोग गर्न सक्छौ तपाईं पुरानो कमान्ड हुनुभएको नाताले तर यो लुटको व्यवस्थासंग हामी झुक्न सक्दैनौं । हाम्रो पार्टीको नेता कार्यकर्तालाई जेल हालेर आफ्नै टाउकोको मुल्य तोक्नेहरुको लागि ईमानदार नबन्नुहोस । वर्गीय आन्दोलन निरन्तर जारी छ र रहिरहन्छ । – किरण सिटौला , पुर्व जनमुक्ती सेना नेपाल

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु