सिक्किमका मुख्यमन्त्रीद्वारा गोर्खाल्यान्डलाई समर्थन

२०७४ असार ९ गते, शुक्रबार

काठमाडौं, ९ असार । सिक्कमका मुख्य मन्त्री पवन चाम्लिङले ममता बनर्जी सरकारले जबरजस्ता हिन्दी भाषा लाद्‍न खोजेपछि सुरु भएको दार्जिलिङको अान्दोलनलाई समर्थन जनाएका छन । मुख्यमन्त्री चाम्लिङले विहीबार अाफ्नो दल सिक्किम डेमोक्र्याटिक फ्रन्टको सम्मेलनमा दार्जिलिङको विषय प्रवेश गराएका थिए । उक्त सम्मेलनले दार्जिलिङका नेपाली भाषीको मागलाई समर्थन निर्णय गरेको हो । नेपाली भाषीको बाहुल्य रहेको अर्को राज्यको समर्थनले ममता सरकार थप तनावमा परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यो समर्थनले केन्द्र सरकारलाई समेत चुनौती थपेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु