साझा पार्टीमा पहिरो

२०७४ असार ८ गते, बिहीबार

काठमाडौं, ८ असार । साझा पार्टीका यूवानेता मिलनकान्छा किरातीले साझा पार्टी परित्याग गरेका छन । सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफु सुखी, सम्पन्न र शहरको मानिस नभएको कारण साझा पार्टीको सदभाव समूहमा रहन नसकेको जानकारी दिएकाछन । उनलाई फोन सम्पर्कमा कुरा गर्दा भने, ‘साझा सदभाव समूह कोरिया सोलको कमिटी विघटन भएको छ । सयौँको सङ्ख्यामा अन्य कमिटीबाट पनि अबको निकास आर्थिक विकास भएकोले नयाँशक्ति पार्टीलाई सहयोग गर्नुपर्ने सबैको निष्कर्ष छ ।’ उनले थपे, साझा पार्टी रिटायर्डहरुको रेस्ट गर्ने ठाउँ रहेछ । रवीन्द्र मिश्रजी सँग सल्लाह गरेरै होला पार्टी सङ्गठन प्रमूख मुमाराम खनालजीले डेढ महिनाअघि सङ्गठन निर्माण कार्य रोक्न अनुरोध गर्दै फोनमा भनेका थिए, छिट्टै साङ्गठनिक संरचना ल्याउछौँ । तर, खोई ? ल्याउदै ल्याएनन् । सङ्गठन कि संरचना पहिला बन्छ ? बाहिर पद्धतिको कुरा गर्ने अनि भित्र भद्रगोल पार्टी चलाउने तरिकाले कहीं पुगिदैन । पार्टी विचारहरको पुञ्ज हो । विचार मिलेन भन्दा पनि विचार, कार्यदिशा नै नभएको पार्टीमा बसेर समय बर्बाद गर्नु उचित लागेन । छोडियो ।’ किरातीको संयोजकत्वमा सबैभन्दा पहिला कोरिया सोलमा साझा सदभाव समुह निर्माण भएर उनकै नेतृत्वमा कोरियाको विभिन्न नौ स्थानमा क्षेत्रीय कमिटी व्यापक निर्माण भएको थियो । उनले केही समयअघि साझा पार्टीमा वैचारिक अन्तरसङ्घर्षसमेत चलाएका थिए ।
को हुन किराती ?
०५४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट सक्रिया भूमिका निर्वाह गरेका उनले ०५६ सालको राष्ट्रघाती महाकाली सन्धिको विरोध गर्दै वामदेवको नेतृत्वमा एमाले परित्याग गरेर माले भएका थिए । वामदेवको विचलनपछि उनले माले छाडेर लामो समयसम्म नेकपा माओवादी सम्बद्ध राजनिती गरेका थिए । मोहन वैद्य किरणले एनेकपा माओवादी फुटाएर पहिचानको मुद्धालाई कमजोर बनाएको र त्यसैबखत प्रचण्डले समेत सहीदको रगतसँग सत्ताको सौदावाजी गरेर जनताको सबै मुद्धाहरु छाडेको आरोप लगाउँदै माओवादी परित्याग गरी तत्कालीन नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष अशोक राईले निर्माण गरेका सङ्घीय समाजवादी पार्टीको केन्द्रीय निकायमा रहेर निर्वाचन समितिमा सक्रिया भूमिका खेलेका थिए । तत्कालीन पार्टीको महासचिव हाल समाजवादी फोरमका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठ र एमालेबाट गएका सभासद योगीलाल यादवसँग सहकार्य गरेर ट्रेड युनियन महासङ्घको सम्पूर्ण ड्राफ्ट उनले तयार गरेका थिए । अशोक राई असक्षम नेतृत्वको आरोप लगाउँदै पछिल्लो समय नयाँशक्तिमा केही असन्तुष्टि राख्दै साझा पार्टीमा आवद्ध भएका थिए । अबको वैकल्पिक शक्ति नयाँशक्ति भएको निष्कर्ष निकाल्दै समय मिलेसम्म नयाँशक्तिमा सक्रिया हुने उद्घोष गर्दै साझा पार्टी परित्याग गरेकाछन । – राम श्रीस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु