शव ल्याउन समस्या

२०७४ असार ५ गते, सोमबार

काठमाडौं, ५ जेठ । अमेरिकाको अलेस्कामा रहेको डेनाली हिमाल चढ्ने क्रममा मृत्यु भएका अल्ट्रा धावक तथा पर्वतारोही सञ्जय पण्डितको शव ल्याउन समस्या भएको छ । वासिंङटन डिसीस्थित नेपाली दूताबासका अनुसार खराब मौसमका कारण शव ल्याउन नसकिएको हो । शव ल्याउन अझै केही समय लाग्ने स्रोतले जनायो । पण्डितसँगै रहेका अन्य दुई नेपालीको अवस्था अज्ञात रहेको बताइएको छ । उनीहरुको परिचय खुलेको छैन । खराब मौसमका कारण घटनास्थलमा हेलिकप्टर पुग्न नसकेको बताइन्छ ।
अमेरिकास्थित नेपाली राजदूताबास स्रोतले दिएको जानकारी अनुसार अलेस्कामा रहेको डेनाली हिमाल चढ्ने क्रममा उनको निधन भएको थियो । उनको जुन १६ मा निधन भएको दूतावासले जनाएको छ । एभरेष्ट टु डेनाली २०१७ अभियानअन्तर्गत जुन ३ मा गएर २६ मा फर्किने उनीहरुको योजना थियो । करिब १७ हजार २ सय फिटमाथि हाइ अल्टिट्युड सिकनेसका कारण उनको निधन भएको हो ।
अमेरिकी आधिकारीक निकायबाट नेपाली राजदूतावासलाई यसको जानकारी गराइएको थियो । पण्डित एभरेष्ट टु डेनाली २०१७ अभियानअन्तर्गत डेनाली चढ्न गएका थिए । उक्त समूहलाई टासी शेर्पाले नेतृत्व गरेका थिए । संसारका केही अग्ला चुचुरा आरोहण गरिसकेका पण्डितले सन् २०१३ मे १९ मा सगरमाथा आरोहण गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु