‘दार्जिलिङलाई अर्को काश्मिर नबनाउ ‘

२०७४ असार ४ गते, आईतवार

काठमाडौँ , ३ असार । भारतको दार्जिलिङमा सेनाको गोली प्रहारबाट तीन जना नेपाली भाषी मारिएका छन् । गोर्खा मुक्ति मोर्चाले अन्तिम भनेको गोर्खाल्याण्ड आन्दोलनमा आज तीन जनाको मृत्यु भएको हो । मोर्चाले आव्हान गरेको आन्दोलनमा सहभागी विमल शंकर, सुनिल राई र महेश गुरुङ प्रहरीको गोली लागेर मारिएका हुन् । सेनाले कब्जा गरेर राखेको पार्टी कार्यालयतर्फ जाँदै गरेको जुलुसमा सहभागी उनीहरु सेनाको गोली लागेर मारिएका हुन् ।
बंगाल सरकारले बंगाली भाषालाई नेपाली बहुल क्षेत्रमा अनिवार्य गरेपछि आन्दोलन चर्केको हो । भाषा विवाद मा सुरु भएको आन्दोलन अब अलग गोर्खा राज्य स्थापनातिर अघि बढेको हो ।
नेपालीहरु अँन्दोलित बनेपछि पश्चिम बंगाल सरकारले ठुलो मात्रामा सेना र प्रहरी परिचालन गरेको छ। घटनामा दर्जन बढी समर्थक घाइते छन् । उनीहरुको दार्जिलिङ, सिलिगुडीलगायतका अस्पतालमा उपचार भइरहेको छ । यद्यपी, घटनामा सुरक्षाकर्मीतर्फ आइआरवी कमान्डेन्ड किरण तामाङको मृत्यु भएको भनिएपनि सुरक्षा अधिकारीले पुष्टी गरेका छैनन् । बंगालकी मुख्यमन्त्री ममता वेनर्जीले ट्वीटमार्फत कमान्डेन्ट तामाङ घाइते मात्रै भएको दावी गर्नु भएको छ ।
वेनर्जीले आजै कोलकातामा दार्जिलिङका विभिन्न जातीय वोर्डका प्रतिनिधिहरुसंको छलफलमा आतंकवादी संगठनहरुसंग गोजमुमोका सा“ठगा“ठ रहेको आरोप लगाउनुभयो । उहा“ले आतंकवादी संगठनकै अगुवाईमा दार्जिलिङमा हिंसा भड्काउने काम भएको आरोप पनि लगाउनुभयो । मोर्चाको सम्लग्नता उत्तरपूर्वी भारतका आतंकवादी संगठन र छिमेकी देशहरुसंग रहेको उहा“को भनाई थियो । अलग राज्य गोर्खाल्ययाण्डको मागका कारण सिंगो दार्जिलिङ आन्दोलित छ ।
आजको हत्या घटनाविरुद्ध हजारौ समर्थक सडकमा निस्किएका छन । दार्जिलिङसहित खरसाङ, कालेबुङ र मिरिकमा समर्थकले स्वतस्फूत जुलुस प्रदर्शन गरेका छन् । दार्जिलिङमा अहिले सेनासहित करिव ६ सय जना सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ । यसैबीच अलग राज्य गोर्खाल्याण्ड आन्दोलनको अगुवाई गर्दै आएको गोजमुमोका अध्यक्ष विमल गुरुङले गोर्खाल्याण्ड आन्दोलन अब निर्णायक हुने बताउनुभयो ।
उहा“ले आन्दोलनलाई हिंसात्मक बनाउन बंगाल सरकारले षडयन्त्र गरिरहेको आरोप लगाउनुभयो । पश्चिम बंगाल सरकारले राज्यका सबै स्कुलमा (कक्षा १ देखि १० सम्म) बंगला भाषाको पठन पाठकलाई अनिवार्य गर्ने निर्णयको विरोधमा दार्जिलिङका नेपालीभाषी आन्दोलित बनेका हुन् । आन्दोलनकारीले बंगाल सरकारको अत्याचार बढेको भन्दै तत्काल हस्तक्षेप गर्न केन्द्र सरकारसँग माग गरेका छन् । उनीहरुले दार्जिलिङलाई अर्को काश्मिर नबनाउन आग्रह समेत गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु