आज विश्व मिर्गौला दिवस

२०७३ फाल्गुन २६ गते, बिहीबार

काठमाडौँ, २६ फागुन । आज मार्च महिनाको दोस्रो विहीबार अर्थात विश्व मिर्गौला दिवस । नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । मिर्गौला रोगबारे जनचेतना जगाउने उदेश्यले हरेक बर्ष यो दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा बिभिन्न अस्पताल तथा स्वास्थ्य क्षेत्रसँग सम्वन्धित संघसंस्थाहरुले निःशुल्क मिर्गौला परीक्षण, र्याली गोष्ठी लगायतका कार्यक्रम आयोजना गरेको छ ।
नेपालमा कुनै न कुनै रुपमा २५ लाख भन्दा बढी मानिस मिर्गौला रोगबाट पिडित रहेको अनुमान छ । यो रोगको अन्तिम अवस्थामा मात्रै बिभिन्न लक्षण देखा पर्ने भएकाले बर्षमा एकपटक मिर्गौला परीक्षण गर्नुेपर्ने चिकित्सकहरुले बताउछन् ।
मिर्गौला रोग लाग्नबाट जोगिन प्रशस्त मात्र पानी पीउन, धुमपान र मध्यपान नगर्न, शारीरिक व्यायाम गर्न र खानपानमा ध्यान दिन चिकित्सकको सुझाव छ । मानिस ४० बर्ष नाघेपछि मिर्गौलाको शुद्धीकरण गर्ने क्षमता घट्दै जाने भएकोले बढ्दो उमेरसँगै मिर्गौलालाई पनि हेरचाह गर्नुपर्ने मिर्गौला रोग विशेषज्ञहरुको भनाइ छ ।

प्रतिक्रियाहरु