२० वर्ष पुराना गाडी उपत्यकामा चलाउन पूर्ण प्रतिबन्ध

२०७३ माघ १० गते, सोमबार

काठमाडौं, १० माघ । वातावरण प्रदुषण र सडक दुर्घटनाका प्रमुख कारक बनेका २० वर्ष पुराना गाडी फागुन १८ पछि काठमाडौं उपत्यकामा चलाउन पूर्ण प्रतिबन्ध लगाइने भएको छ । त्यस्ता गाडी सडकमा निकाले सरकारले जफत गर्नेछ ।
यातायात व्यवस्था विभागले व्यवसायीले अटेर गरी त्यस्ता गाडी चलाए जफतसहित कारबाही गर्नेछ । विभागमा महानिर्देशक चन्द्रमान श्रेष्ठका अनुसार काठमाडौंमा गुड्दै आएका २० वर्ष पुराना कालो नम्बर प्लेट (भाडा) का बस, मिनीबस, माइक्रोबस, ट्रक, ट्याक्सी र टेम्पो फागुन १८ पछि सडकमा ल्याउन पाइनेछैन । यो निर्णय पूर्ण रुपमा कार्यान्वयन गर्न विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले अनुगमन गर्नेछ । उपत्यका बाहिर भने यो व्यवस्था २०७४ फागुन ३० गतेपछि लागू हुनेछ । –नागरिक दैनिकबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु