सुविसुद्वारा गल्फ प्रतियोगिता आयोजना

२०७३ माघ ७ गते, शुक्रबार

काठमाडौं, ७ माघ । सुबिसु केवलनेटले गल्फ प्रतियोगिता गर्ने जनाएको छ । इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसुले भोलि जनवरी २१ का दिन रोयल नेपाल गल्फ क्लबमा इन्भिटेसनल गल्फ प्रतियोगिता गर्ने भएको हो । उक्त प्रतियोगितामा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कर्पोरेट तथा व्यपारिक पृष्ठभूमिका ६० खेलाडीले भाग लिने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । सुबिसुका प्रमुख कार्यकारी अधिकृत विनयमोहन साउदले नेपालमा कर्पोरेट क्षेत्रमा गल्फको प्रचार र विकास गर्न प्रतियोगिता आयोजना गर्न लागेको बताए । स्टेबल फोर्ड फम्र्याटमा खेलिने यस खेलमा महिला र पुरुष गरी दुई भागमा विभाजित गरिएको छ । अतिथि र गल्फ नखेल्नेहरुका लागि छुटै पुटिङ कम्पिटिसनको आयोजिना गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु