यसोधाको ‘मेरो मन’ सार्वजनिक

२०७३ पुष १४ गते, बिहीबार

काठमाडौं, १४ पुस । नेपाली सुगम संगीतमा एक दसक देखी सकृय गायिका यसोधा खालिङ राईको ‘मेरो मन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ जसमा उनलाई गायक बिशो तेन्जिङले गायनमा साथ दिएका छन । शोलुखुम्बुमा जन्मिएकी गायिका यसोधा स्कुल पढ्ढादेखी नै गायनमा सकृय थिईन । स्थानिय स्तरमा हुने बिभिन्न साँगितिक कार्यक्रममा नछुटाई सहभागी हुने यसोधाले अध्ययनको शिलशिलामा काठमाडौं आएपछी संगीतको अनौपक्षरिक शिक्षापनि लिएकी थिईन । सन २००६ मा पबिधान खालिङ राइको संगीतमा आफ्नो पहिलो साँगितिक कोशेली स्वरुप ” यसोधा – १” बजारमा ल्याएकी उनले संगीत साधक स्व. अंबर गुरुङको हातबाट लोकार्पण गर्दा र उहाको आशिर्बादले थप उर्जा मिलेको बताउदछिन्।
२००६ देखिनै अमेरिका बसोबास गर्दै आउनुभएकी गायिका यसोधा अमेरिका रहदा पनि गायक जगदिश समाल तथा नरेन्द्र प्यासीबाट थप संगीत सम्बन्धित ज्ञान लिएकी थिईन । दोश्रो एल्बम यसोधा २ को अन्तिम तयारीमा जुटेकी यसोधा यसै एल्बममा सङ्रहित हुने गीत ‘मेरो मन’को भिडियो बाट धेरै आशाबादी छिन् । लामो समयदेखी अमेरिकामा बसोबार गर्दै आउनुभएका गायक, संगितकार, तथा गीतकारको पनि छबी बनाएका एन.बि. दाहालको संगीत र गीतकार गीता खत्रीको शब्द रचनामा तयार भएको गीतलाई फनिन्द्र राइले संगीत संयोजन गरेका छन ।
नेपाली कलाकारसँग सम्बन्धित संस्था “आर्टिस्ट नेपाल नेटवर्क” अन्तर्गतको ‘आर्टिस्ट नेपाल प्रोडक्सन’को ब्यानरमा निर्माण भएको भिडियोमा मोडेल सम्पदा बानिया र योगेन्द्र राइ प्रस्तुत भएका छन । अमृत सुनुवार तथा टिमको छायाँकन, नन्दा अधिकारीको मेकअप स्टाईल, भुवन लामाको कोरियोग्राफी रहेको भिडियोलाई माधव बेल्बासेले सम्पादन गरेका हुन भने संचारकर्मी नव ढुंगेलले निर्देशन गरेका छन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु