चलचित्र चक्रलाई पि. जि. सर्टिफिकेट

२०७३ पुष १२ गते, मंगलवार

काठमाडौं , १२ पुस । चलचित्र विकास वोर्डले शुक्रबार रिलिज हुने तयारीमा रहेको एक्सन प्रधान चलचित्र चक्रलाई पि. जि. सर्टिफिकेट (प्यारेन्टल गाइडेन्स सर्टिफिकेट) प्रदान गरेको छ । चलचित्रले सबैका लागि सार्वजनिक प्रदर्शनी गर्न पाए पनि १२ वर्ष मुनीका बालबालिकाले भने अभिभावकलाई साथमा लिएरमात्र चलचित्र हेर्न पाउने छन् । फिल्ममा रोहन श्रेष्ठ, संजय महर्जन, सिर्जना थापा तथा सुजु मगरले अभिनय गरेका छन् ।
दिप फिल्म प्रोडक्सनको सो फिल्मका गीतहरुमा दयाराम पाण्डेका शब्दहरु सुन्न सकिन्छ भने तारा प्रकाश लिम्बुले संगीत दिएका छन् । चलचित्रलाई रन्जिन राना मगरले निर्देशन गरेका छन् । जनक गुरुङको एक्सन रहेको सो फिल्म शुक्रबार अर्थात पुस १५ गते अल नेपाल रिलिज हुने भएको फिल्मका निर्माता पिएल श्रेष्ठले जानकारी दिए । फिल्म श्रावण २२ गते नै रिलिजको तयारी गरिए पनि लामो समय चलचित्र बिकास बोर्डबाट सेन्सर पास नभएकाले प्रदर्शनीमा ढिलाई भएको बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु