सचिन राईको ‘जिउने वाचा गरी…’ यूट्यूवमार्फत सार्वजनिक

२०७३ मंसिर १३ गते, सोमबार

काठमाडौं, १३ मंसिर । स्वरका धनी गायक सचिन राईको अर्को म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘सँगै जिउने वाचा गरी…’ यूट्यूवमार्फत सार्वजनिक भएको हो । सिन्धुपाल्चोकको सुकुटे क्षेत्रमा छायाँकन गरिएको म्यूजिक भिडियोमा कुमार, सरिका र राजेन्द्रले अभिनय गरेका छन् । त्यस्तै, स्वर स्वयम सचिनको छ भने अनिल कोइ राईले संगीत, विष्णु अधिकारीले एरेन्जरको भूमिका निर्वाह गरेका छन् । भिडियोको निर्देशन, सम्पादन अर्जुन थापा, क्यामेर सागर गौतम, सृंगार कविता थापाले जिम्मेवारी सम्हालेका छन् ।
माया प्रेमको सागरमा तैरिँदातैरिदै प्रेम वियोगमा पर्नु पर्दाको अवस्थालाई भिडियोमा जिवन्त देखाउन खोजिएको छ । सुकुटे क्षेत्रको मनोरम दृश्य समेटिएको भिडियोमा ‘प्रेम र धोका’ वीचको नकारात्मक अन्तरसम्बन्धलाई चित्रण गर्न खोजिएको छ ।
‘खोजी प्रतिभा’ प्रतिस्पर्धामार्फत दर्शक, स्रोता माझ चिनिएका सचिनको लोकप्रियता चुलिँदो छ । उनको यसअघि सिसिक्यामेरा लगायतका गीतहरु सार्वजनिक भइसकेका छन् ।

प्रतिक्रियाहरु