नारी हिंसा – इन्द्र थेगिम

२०७३ मंसिर १२ गते, आईतवार

ए धोती लुंडे हो !
समाजलाई ऐना देखाउछु भन्छौ त?
दसतिर भाषण ठोक्दै हिंड्छौ।
मरि जाउं ! मेरी आमाको कस्सम् !
म त्यो लोग्नेमान्छे मा परिन ।
भनेर छाती पिट्दै तामा तुलसी छुन्छौ।
त्यो कस्सम् ,
त्यो ढोंङ्ग,
राख तिम्रै खल्तीमा ।

किन सधैं सधैं नारी हिंसा?
गाउँमा अशिक्षा ,
शहर मा चैं के?
उत्तिकै छ चर्चा परिचर्चा।
शिक्षीत भएर के नाप्यौ र ?
जब बिचार बद्लिन्न भनें।
थुईक्क लोग्नेमान्छे !
हिंस्रक व्यांसो हौ तिमी ।

समाजमा छवि बनाउनु छ भने
ए धोती लुंडे हो !
जाउ पहिला गंगामा स्नान गर ।
एक अँजुली पानी ,
सुर्जे लाई चढाउ ,
एक सेकेण्डलाई आँखा चिम्म गर।
आफुले आफैलाई सोध,
म गलत कि मेरो आचरण ?

भगवानको कुरै छोड ,
ती सबै मान्छेले बनाएका ।
जसरी भगवान बनें ,
तिमीले समाज बनाउ ।
अनि पुज्न सुरु गर ।
अब तिमिले
माईक फुक्नै परेन
तामा तुलसी छुनै परेन ।
तिमिलाई पुज्न
खुद तिम्रो आमा आउनेछिन्
आमाले छोरी बुहारी तान्नेछिन् ।
उसैपनी
छोरी सबैको प्यारी ।

प्रतिक्रियाहरु