सैनिकहरूको खाजा खर्चमा वृद्धि

२०७३ कार्तिक २४ गते, बुधबार

काठमाडौ, २४ कात्रिक । सरकारले नेपाली सेनाका भौतिक पूर्वाधारका क्षेत्रमा काम गर्ने सैनिकहरूको दैनिक खाजा खर्चमा वृद्धि गरेको छ । सरकारले दैनिक ३० रूपैयाँ खाजा खर्चलाई बढाएर एकसय रूपैयाँ पुराएको हो । राष्ट्रिय र अन्य सुरक्षाबाहेक सेनाले मुलुकको विभिन्न भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा पनि काम गर्दै आइरहेको छ । समय अनुसार खाजा खर्च पनि वृद्धि गर्नुपर्ने भन्दै रक्षा मन्त्रालयले सेनाको प्रस्तावलाई स्वीकार गरेको हो ।
रक्षामन्त्री बालकृष्ण खाँडले समय अनुसार पूर्वाधार क्षेत्रमा काम गर्ने कर्मचारीहरूको खाजा खर्च बढाउन आवश्यक रहेकोमा जोड दिए । हाल सेनाले पाउँदै आइरहेको ३० रूपैयाँ २०५० सालको दशकको सुरूवातमा तोकिएको थियो । त्यसअघि २०४२ सालदेखि दैनिक ५ रूपैयाँ खर्च दिने गरिएको थियो ।

प्रतिक्रियाहरु