बागेश्वरी र जय मङ्गलम सिमेन्ट उद्योगको इजाजतपत्र निलम्बन

२०७३ आश्विन १६ गते, आईतवार

काठमाडौं, १६ असोज । गुणस्तर तथा नापतौल विभागले गुणस्तहीन सिमेन्ट उत्पादन गरेको आरोपमा जिल्लाका बागेश्वरी र जय मङ्गलम सिमेन्ट उद्योगका इजाजतपत्र निलम्बन गरेको छ । विभागले उद्योगले उत्पादन गरी बजारमा पठाएको सिमेन्टको नमुना सङ्कलन गरी परीक्षण गर्दा सरकारले तोकेको मापदण्डभन्दा फरक भएकाले ती उद्योगका सिमेन्ट बिक्री–वितरणमा रोक लगाएको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार बोर्ड बैठकले उद्योगले उपभोक्तालाई गुणस्तरहीन सिमेन्ट बिक्री गरेकाले इजाजत निलम्बन गर्ने निर्णय गरेको हो । बजारमा बागेश्वरी सिमेन्ट उद्योगका पिपिसी सिमेन्ट ब्रज शक्ति, त्रिशक्ति सुपर र जेविसी नामका ब्रान्डमा बिक्री भइरहेको छ । यसैगरी मङ्गलम सिमेन्ट उद्योगले पनि पिपिसी यती, जेएमसिज, रक, स्ट्रोङ र गौरव ब्रान्डका नाममा बजारमा बिक्री गरिरहेको छ ।

प्रतिक्रियाहरु