साझाद्वारा लामो दूरीको बस सेवा सुरु

२०७३ आश्विन १६ गते, आईतवार

काठमाडौं, १६असोज । साझा यातायातले आजदेखि लामो दूरीको बस सेवा सुरु गरेको छ । साझाले हाल काठमाडौं-बागलुङ्ग र काठमाडौं-गोरखा गरी दुई रुटमा लामो दूरीको बस सञ्चालन गरेको हो । टिकट बुकिङ्गको लागि पुल्चोक, गोङ्गबु बसपार्क एवं कलंकीमा साझाको काउन्टर राखिएको छ । काठमाडौं-बागलुङ्गको बस पुल्चोकबाट विहान साढे ६ बजे, गोङ्गबु बसपार्कबाट ७ बजे र कलंकीबाट साढे ७ बजे छुट्नेछ ।
त्यस्तै, काठमाडौं-गोरखाको बस पुल्चोकबाट ७ बजे, गोङ्गबु बसपार्कबाट साढे ७ बजे र कलंकीबाट साढे ८ बजे छुट्नेछ । २ सय ७५ किलोमिटर दूरीको काठमाडौं-बागलुङ्गको भाडा ५ सय ५० रुपैयाँ तोकिएको छ । २ सय २ किलोमिटर दूरीको काठमाडौंदेखि पोखराको भाडा ३ सय ८५ रुपैयाँ तोकिएको छ । १ सय ४१ किलोमिटर दूरीको काठमाडौं गोरखा रुटमा यात्रुले २७५ रुपैयाँ तिर्नुपर्नेछ । साथै दशैंमा साझा बसले अग्रिम टिकट बुकिङ्ग पनि सुरु गरेको जनाएको छ ।

प्रतिक्रियाहरु