खाद्य संस्थानले खसी–बोका बिक्री गर्ने

२०७३ आश्विन १५ गते, शनिबार

काठमाडौं, १५ असोज । नेपाल खाद्य संस्थानले आगामी सोमबारदेखि खसी–बोका बिक्री गर्ने भएको छ । संस्थानले यस वर्षको दसैंमा तीन हजार खसी–बोका बिक्री गर्ने जनाएको छ । दसैंका लागि मुस्ताङ, लाहान, हेटौंडा र दाङबाट खसी–बोका ल्याउने संस्थानका महाप्रबन्धक शिवहरी श्रेष्ठले बताए । उनले शनिबार खसी–बोका काठमाडौं ल्याइए आइतबार र नभए आइतबार रातिसम्म आइपुगे सोमबारदेखि बिक्री सुरु गर्ने बताए । खसी–बोकाको बिक्री मूल्य भने तय भइनसकेको जनाइएको छ । सप्तमीसम्म खसी–बोका बिक्री गर्ने संस्थानले जनाएको छ ।
संस्थानले गत वर्ष २५ किलोग्रामसम्मको खसी प्रतिकेजी ४ सय ३५ रुपैयाँ र २५ किलोग्रामभन्दा माथिको खसीको मूल्य ४ सय ४५ रुपैयाँका दरले बिक्री गरेको थियो ।

प्रतिक्रियाहरु