सत्ता जोगाउन प्रचण्डको भारत भ्रमण – हस्तवहादुर केसी

२०७३ भाद्र २५ गते, शनिबार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही भदौ ३० गतेदेखि भारतको भ्रमण गर्दै छन् । भारतीय विस्तारवादको आशीर्वाद र ग्राण्डडिजाइनमा सत्तामा पुग्ने र त्यस सत्तालाई जोगाउनका निम्ति भारतीय शासकहरुको पाऊ मल्न भारतमै पुग्नु पर्ने नेपालका प्रतिक्रियावादी सरकार प्रमुखहरुको पुरानै चलन हो । प्रचण्डले पनि राणा शासकहरु, राजाहरु, कांग्रेसी शासकहरु र एमाले शासकहरुकै बिँडो थाम्दै भारतीय विस्तारवादी शासकहरुको आशीर्वादले सत्तामा पुग्न र सत्ता जोगाउनका लागि भारत भ्रमण गर्दै छन् । हुन त प्रचण्डले लाज किन पो मान्नु प¥यो र नेपाली जनताले सत्तामा पु¥याएका भए पो लाज मान्ने कुरा हुन्थ्यो मोदीले उचालेर सत्तामा पु¥याइदिए पछि नयाँ दिल्ली पुग्नु प्रचण्डको परम कर्तव्य पनि भयो ।
राणा जंगवहादुरले तत्कालिन बृटिश (भारत अर्थात् इष्ट – इन्डिया सरकारको निर्देशन र योजनामा सन १८४६ सेप्टेम्वर १४ तारिखका राति कोत हत्याकाण्ड मच्चाई ४०० भारदारहरुको हत्या गरी आफ्नो हातमा सत्ता लिई राणा शासनको सुरुवात गरेका थिए र जहानियाँ शासनले नेपालमा १०४ वर्षसम्म शासन गरेको थियो । प्रथम राणा शासक जंगवहादुर राणाले नै सत्तामा पु¥याएबापत आफ्नो मालिकलाई गुण लगाएस्वरुप नेपालले केही दिनु पर्ने चलन बसालेका थिए र जंगवहादुर राणाले आपूmलाई सत्तामा पु¥याएवापत सन १८५७ भारतमा बृटिश साम्राज्यवादका बिरुद्ध सैनिक बिद्रोह उत्पन्न भएको थियो त्यस सैनिक बिद्रोहलाई दबाएर बृटिस शासकहरुलाई खुसी तुल्याएर आफ्नो सत्ताको आयु लम्ब्याउने उद्देश्यले राणा शासक जंगवहादुर राणाले नेपालबाट ८००० हजार नेपाली सेना भारतको लखनउमा पठाएका थिए ।
जंगवहनदुर राणाले शुरु गरेको यो प्रचलन त्यस पछिका राणा शासकहरुले पनि अनुशरण गर्दै आउने क्रममा जंगवहादुर पछिका राणा शासकहरुले पनि पहिलो विश्वयुद्धमा बृटिस शासकहरुको सहयोगार्थ ठूलो संख्यामा गोर्खाली सेना बेलायतमा पठाएका थिए । खुनी राणा शासन जोगाउनकै निम्ति अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेर जबराले सन् ५० को राष्ट्रघाती सन्धि गरेका थिए । वि.सं. २००७ सालको राष्ट्रघाती त्रिपक्षीय दिल्ली सम्झौताद्वारा राजा त्रिभुवनलाई भारतीय विस्तारवादले पुनः सत्तासिन गराइदिए वापत विस्तारवादी शासकहरुलाई गुण लगाउन राजा त्रिभुवनले तत्कालिन भारतको उत्तर प्रदेशका गृह सचिव गोविन्दनारायण सिंहलाई नेपाल ल्याएर आफ्नो निजी सचिव बनाएका थिए । त्यति मात्र कहाँ हो र तत्कालिन भारतीय सेनाको एउटा पल्टन ललितपुरको जावलाखेलमा राखिएको थियो ।
त्यति मात्र कहाँ हो र ! अर्को आश्चर्य के छ भने भारतीय शासकहरुले सत्तामा पु¥याई दिएवापत गुण लगाएका कारण २००८ सालदेखि तत्कालिन नेपाली कांग्रेसका प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले तत्कालिन नेपालका लागि भारतीय राजदूतलाई क्याविनेटको बैठकमा अनिवार्य रुपमा उपस्थित गराउने र बैठकका सबै निर्णयहरु भारत सरकारलाई रिपोर्टिङ गर्ने व्यबस्था गरिएको थियो । सत्तामा पु¥याएको भन्दै भारतीय शासकहरुलाई गुण लगाउनकै निम्ति नेपाली कांग्रेसको सरकारले २०११ साल बैशाख १२ (सन् १९५४ अप्रिल २५) का दिन राष्ट्रघाती कोसी सम्झौता गरिदिएको थियो ।
त्यस्तै २०२५ सालको आमनिर्वाचनबाट भारतले सत्तामा पु¥याइदिएको विश्लेषण गर्दै नेपाली कांग्रेसका प्रधानमन्त्री बीपि कोइरालाले २०२६ साल मंसिर १९ ( सन् १९५९ डिसम्वर) का दिन राष्ट्रघाती गण्डक सम्झौता गरेका थिए । त्यति मात्र कहाँ हो र ! आपूmलाई राष्ट्रवादी भनाउने निरंकुश राजाहरुले पनि आफ्नो तानाशाही पञ्चायती सत्ता टिकाई राख्ने ध्येयले राजा महेन्द्रले २०१९ साल (सन् १९६२) दार्चुलाको कालापानीमा भारतीय सेनाको क्याम्प राख्ने अनुमति दिएका थिए, अहिलेसम्म पनि भारतीय सेना कालापानीमा तैनाथ छ । साथै पञ्चायती सत्ताको आयु लामो बनाई राख्ने उद्देश्यले राजा महेन्द्रले सन् १९६५ जनवरी ३० का दिन “नेपाल भारत सुरक्षा सहयोग सम्झौता गरेका थिए । पञ्चायती व्यबस्थाको अन्त्य भई बहुदलीय व्यबस्थाको २०४८ सालको आम निर्वाचनबाट भारतीय शासकहरुले सत्तामा पु¥याई दिएको ठहर गर्दै नेपाली कांग्रेसका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०४८ साल असारमा भारत भ्रमणका क्रममा गोप्य रुपमा टनकपुर सम्झौता गरेका थिए । त्यसको रहस्य खुले पछि नेपालमा चर्को विरोध भएको थियो ।
सत्तामा पुग्न र टाँसी रहन पाइन्छ भन्ने आशाले २०५३ साल असोज ४ गते नेकपा (एमालले) ले राष्ट्रघाती महाकाली सन्धिमा हस्ताक्षर गरेर राष्ट्रघातको कलंकको टीका मात्र लगाएन कि स्थापनाकालदेखि भारतीय विस्तारवादको विरोध गर्दै आएकोमा कम्युनिस्टको झण्डा हल्लाउँदै सत्तामा पुग्नका लागि भारतीय विस्तारवादको दलाल बन्ने जग हाल्यो र त्यस जगलाई प्रचण्ड र बाबुरामले पुर्ने काम गरे । अहिले केपी ओलीको सत्ता वहिर्गमन र प्रचण्डको सत्तारोहण प्रथम राणा प्रधानमन्त्री जंगवहादुरले शुरु गरेको सत्तामा पुग्न र टाँसी रहने उद्देश्यले भारतीय विस्तारवादी शासकहरुको टाङमुनि छिर्ने निरन्तरताको पछिल्लो र ताजा कडीको रुपमा लिन आवश्यक छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु