कलाकार पालुङ्वाको चरित्रहत्याको प्रयास

२०७३ भाद्र २० गते, सोमबार

काठमाडौं, २० भदौ । दुई दशकयता हङकङमा बसेर कलाकारिता तथा समाजसेवामा तल्लिन गीता पालुङ्वालाई फेसबुक फेक आईडी बनाएर हैरान पार्ने प्रयत्न भएको छ । एक नेपाली चेलीमाथी भएको अभद्र व्यवहारको फेसबुकमार्फत आलोचना गरेकै कारण उनलाई फेक आईडी बनाएर हैरान पार्न खोजिएको बुझिएको छ । मलेसियामा रहेका तेह्रथुम स्थायी ठेगाना भएका प्रकास लेक्वा लिम्बू (फेसबुक नाम : एल्भिन खजुम लिम्बू) ले अनेक नाममा फेक आईडी बनाएर चरित्र हत्या गर्ने असलफल प्रयास गरेको बताईन । साईबर क्राइम अन्र्तगत एल्भिन विरुद्ध मुद्धा दायर भइसकेकाले चांडै प्रहरीले कारवाही गर्नेमा गीता विश्वस्त छिन् ।
यस बिषयमा गीताको पालुङवा भन्छिन – “मेरो नाम गीता पालुङवा हो तर मेरो नागारिकताको नाम चाहिं सुनीता पालुङ्वा हो । मेरो पुख्र्यौली घर ताप्लेजुङ दोखु हो तर हङकङ मै स्थायी बसोबास गरेको २१ बर्ष भयो । यो २१ बर्षको अवधीमा तीन पटक नेपाल पुगेकी छु र हाल हङकङकै पावर स्टेसनमा कार्यरत छु । फेसबुकको माध्यमबाट सरस्वती भन्ने ब्यक्तिसंग चिनजान हुन पुग्यो । चीन जान हुने क्रममा उहां मेरो सानिमा पर्नु हुने रहेछ । हाल दुबइमा कार्यरत हुनुहुन्छ र उहांसंग एल्भिन खजुम लिम्बू भन्ने व्यक्ति फेसबुक साथी हुनुहुदो रहेछ । एक दिन सरस्वतीलाई फेसबुक मेसेन्जरमा बोलाउंदा सरस्वती व्यस्त भएकाले बोलिनछन् । नबोलेकै रिसमा तत्कालै सरस्वतीको फेक आईडी बनाई सबै ईष्ट, मित्र साथीभाईहरुलाई सरस्वतिको टाउको जोडेर भल्गर फोटोहरु सबैलाई इन बक्स पठाएछ अनि वालमा पोष्ट गर्न थालेछ । त्यो थाहा पाए पछि सरस्वतीले स्टाटस लेखिन र मसंग पनि सहयोग मागिन् । र मैले पनि उनको गलत प्रवृत्तिको विरोध गर्दै छोटो स्टेटस लेखे सरस्वतीको अनुरोधलाई मध्य नजर राखेर । मैले स्टेटस लेखेको केही क्षणमै मेरो फोटो एडिट गरेर बाहिर ल्यायो त्यों एल्भीन भन्ने मान्छेले । आजको दिनसम्म पनि मेरो फेक आईडी बनाउदै नराम्रा फोटोहरु पोष्ट गर्ने काम गरिरहेको छ। ”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु